फाल्गुन, २४ गते ।
जनकपुरधाम : रौनियार सेवा समिति जनकपुरधाम होली मिलन समारोहक आयोजना गरेको छ । रौनियार सेवा समिति, रौनियार युवा मञ्चको संयुतm आयोजनामा रौनियार अतिथि सदन जनकपुरधामा आयोजित समारोहमा समुदायका व्यतिmहरु एक अर्कामा रंगअविर लगाउदै शुभकामना आदान प्रदान गरेको छ ।
विश्वभर कोरोनाको त्रास रहेकाले सचेतना पुर्वक नै होली मिलन समारोहलाई निरन्तरता दिएको समितिले जनाएको छ । सो अवसरमा कोरोनाको त्रास र क्षतीवाट विश्व समुदायलाई रक्षा गर्न जगत जननी माता जानकी सहित इश्वरसंग प्रार्थना समेत गरिएको समितिका पदाधिकारीहरुले बताए ।
कार्यक्रममा नेपाल रौनियार महासंघका केन्द्रिय अध्यक्ष शिवनाथ प्रसाद साह, सेवा समिति जनकपुरधामका अध्यक्ष अरुण गुप्ता र युवा मञ्चका अध्यक्ष शुनिल साह सहितकाले शुभकामना मन्तब्य राखेका थिए ।
समिति र मञ्चले प्रत्येक वर्ष होलीको अघिल्लो शनिवार समारोहको आयोजना गर्ने गरेको छ । मञ्चका महासचिव रितेश गुप्ताले समारोहको सञ्चालन गरेका थिए । समारोहमा समुदायका विभिन्न क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको समेत सहभागिता थियो ।