एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १४ : जनकपुरधाम स्थित श्री गणेश युवा कमिटिले पाएको नयाँ कार्यसमितिलाई जनकपुरधाम स्थित श्री राजदेवी युवा कमिटिले सम्मान गरेको छ । नव कार्यसमितिका साथै टिमलाई निर्वाचित तथा सर्वसम्मत गर्न भुमिका खेल्ने श्री गणेशका पुर्व पदाधिकारीहरुलाई समेत विशेष आमन्त्रण गरि सम्मान गरिएको छ ।

श्री राजदेवी युवा कमिटिका कार्यवाहक अध्यक्ष अमर प्रसाद मण्डल, महासचिव राकेश पाठक, कोषाध्यक्ष सुधिर सिंह, पुर्व अध्यक्ष सन्तोष झा र बरिष्ठ निर्देशक श्याम किशोर मण्डल सहितकाले श्री गणेश युवा कमिटीको नयाँ टिम सहितका आमन्त्रितलाई सम्मान गरेका थिए । उनीहरुलाई खाधा आढाएर सम्मान गरिएको थियो । साथै नयाँ कार्यसमिति माता राजदेवीको दर्शन गरि आर्शिवाद समेत लिएका छन् ।
सर्वसम्मती तथा उपाध्यक्ष र महासचिव दुई पदहरुको निर्वाचन गरि शनिवार श्री गणेश युवा कमिटिको ११ सदस्य नयाँ कार्यसमिति छनौट भइसकेको छ ।
यो पनि पढनोस