FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शहिद रामवृक्ष यादवको २६ औं स्मृती दिवस मनाइयो

शहिद रामवृक्ष यादवको २६ औं स्मृती दिवस मनाइयो

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनुषाले शहीद रामवृक्ष यादवको २६ औं स्मृति दिवस मनाएको छ। सो अवसरमा धनुषाको धनुषाधाम नगरपालिका लगायतका पालिकाका विद्यालयहरुमा वृक्षारोपण गरियो ।

अन्य वर्ष भने पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसहित दर्जनौं केन्द्रीय नेता, मन्त्री र प्रदेश भरिका कार्यकर्ताहरुको उपस्थितिमा शहीद दिवस मनाउँदै आइएको थियो । यसपटक नेपालसहित विश्व नै कोरोनाका कारण आक्रान्त भएकोले महान शहीदको स्मरणमा जिल्लाका प्रायः जसो सबै पालिकाहरुमा विभिन्न जातका बिरुवा रोपी शहीद यादवको सम्झना गरिएको छ ।

धनुषाको धनुष जनता मा. वि. मा चन्देश्वर यादवको अध्यक्षता एवम् असर्फी भिन्बार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा शिला यादव, झल्कु यादव, महिला संघका केन्द्रीय सदस्य फुलकुमारी महतो, योग कुमार यादवलगायतका नेताले शहीद रामवृक्ष यादवले देखाएको बाटो छाडेर अहिले अधिकांश नेता बिपरित बाटो तिर लागेको बताए । पार्टी एकता भएपनि केहि नेता भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनतालाई जवाफ दिन नसकिएको बताए ।

यता शहीद रामवृक्ष यादवको जन्मस्थलमा पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य बोधमाया यादव, केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सर्बन बरबरिया यादव, शहीद नगरपालिकाका मेयर उदयकुमार बरबरिया यादव, जिल्ला सचिव दीपक यादव, महेश यादवलगायतको उपस्थितिमा शहीद यादवको स्मृती दिवस मनाइएको छ ।

उता नेकपाका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शहीद रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गरेका थिए । शहीद यादवको २६ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरे ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका बरमझियामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ सालमा जन्मिएका यादव वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगेका थिए । उनले २०३१ मा पार्टीको सक्रिय सदस्यता पाएका थिए ।

हरेक वर्ष यही दिन सङ्घर्षको भट्टीबाट जन्मिएका एक वीर क्रान्तिकारी योद्धाका रुपमा उनलाई स्मरण गरिन्छ । वि.सं. २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल बनाएर फर्किंदै गर्दा भाद्र २ गते प्रहरीद्वारा षड्यन्त्रपूर्वक उनको हत्या गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

8 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy