एसपी रिपोर्टर
जनकपुरधाम, साउन ६ : महामानव भनेर समेत चिनिने नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा देशै भरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । साउन ६ गते मंगलबार बिपि काईरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस धनुषाका नेताहरु समेत विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
नेपाली कांग्रेसका नेताहरु विभिन्न स्थानमा वृक्षारोपन गर्ने क्रममा ३८ औ पुन्य स्मृति दिवसको अवसरमा जनकपुरधाम स्थित श्री जानकी माविमा समेत वृक्षारोपन गरिएको छ । बिपि बिचार राष्ट्रिय समाज धनुषाका सभापती सुरेश कोइरलाको सभापतित्व एवं समाजका केन्द्रिय सदस्य चुन्नु सरन यादव, बजरंग प्रसाद साह, जिल्ला उपसभापति सन्तोष यादव सहितको उपस्थिती र सहभागितामा मावि प्राङ्गणमा वृक्षारोपण गरिएको समाजका अध्यक्ष कोइरालाले बताए ।
स्व. कोइरालाको मेलमिलापको निति अहिलेको अवस्थामा झनै सान्दिर्भिक छ, कोइरालाले भने, ‘बिपी जस्तै नेताको उदय होस भन्ने कामना सहित हामी वृक्षारोपण गरयौं ।’ बिपीको सिद्वान्तवाट पार्टी कहिले काहि एताउती भएकाले नै पछि परको भन्दै बिपीको बिचार छोडन नहुने उनीहरुको भनाई छ ।