एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ : धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लकडाउनमा रक्त अभावको कारण चरम समस्या र पिडा भइरहेको देखेर हर्षित नेपाल संस्थाको आयोजना तथा महामारीका बिच रक्त आपुर्तीको लागि दिनरात खटने गरेको युवाहरुको समन्वयकारी संस्था ब्लड फर नेपालको समन्वयमा महेन्द्रनगर स्थित क्षिरेश्वरनाथ उद्योग बाणिज्य संघको प्राङ्गणमा रक्तदान हुने भएको छ ।
शनिवार विहान ९ बजे देखि दिउँसो २ बजे सम्म हुने रक्तदानमा सहभागिताका लागि सवै आयोजक संस्थाहरुको सवैमा आग्रह गरेको छ । संघ र नेपाल स्वयमसेवी रक्तदाता समाजको समेत सहयोग रहेको कार्यक्रममा उल्लेख्य रक्तदान हुनेमा युवाहरु विश्वस्त रहेका छन् । यस्तो समस्याका वेला रक्तदान गरि जिवनदानको पुण्य कार्यमा सहभागि हुन उनीहरुले सवैमा आग्रह गरेका छन् ।