एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ : जनकपुरधाममा शैलुनहरुमा अव ठाकुरहरु पिपिई लगाएर कपाल र दाह्री काटने काम गर्ने छन् । कोरोना भाइरस कोभिड १९ महामारीको जोखिम बाट आफु र ग्राहक दुवैलाई बचाउन नाईहरु पिपिई सहितको सवै सुरक्षा अपनाई शैलुन चलाउने प्रण गरेका छन् ।
केहि दिन पुर्व लकडाउनवाट आफुहरु सवै भन्दा बढि पिडा र मर्कामा परेको गुनासो सहित स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय देखि मुख्यमन्त्री सम्मलाई ज्ञापन पत्र बुझाउदै जनकपुरधाममा प्रदर्शन समेत गरेका उनीहरुलाई प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले पिपिई उपलब्ध गराएर काम अनुमती दिएको हो ।
नेपाल नाई टे«ड युनियन जनकपुरधाम नगर कार्य समितिको पहलमा प्रदेश सरकारले ७५ वटा पिपिई र एकसय फेस सिड सहयोग गरेको छ भने वाँकी युनियनकै लगानीमा वितरण गरिएको छ । युनियन जनकपुरधामका अध्यक्ष शिव कुमार ठाकुरले युनियन आवद्व १ सय जना (करिव ८० शैलुन)लाई पिपिई र फेससिड, २ सय थान गलभ्स र करिव एक हजार मास्क वितरण गरिएको छ ।
सांसद साहले गरे प्रशंसा
प्रदेश सांसद परमेश्वर साहले जनकपुरधाममा काम गर्ने नाईहरुको सचेतना प्रति खुसी व्यक्त गरेका छन् । कोरोना महामारीमा नाईहरुको व्यवसाय सवै भन्दा बढी चौपट भएको र धेरै समस्या र पिडाको सामना गर्न परेपनि उनीहरुले अहिले देखाएको समाज प्रतिको जिम्मेवारी र सचेतनाले सकारात्मक सन्देश जाने उनको तर्क थियो ।
एक कार्यक्रमका बिच सांसदले यस कार्यको समुदघाटन गर्दै सुरक्षा समाग्रीहरु वितरण गरेका छन् । कार्यक्रममा सफाई अभियन्ता सेवक वैद्यनाथ साह, नाईहरुको अगुवा उमेश ठाकुर, युनियन नगर, जिल्ला र प्रदेश कार्यसमितिका पदाधिकारीहरु सहितको सहभागिता थियो ।