एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २४ : धनुषामा एक विद्यालय छ, नाम हो दलित राप्रावि । विद्यालयको भौतिक संरचना पनि गरि दलित, गरिव, विपन्नहरुकै विद्यालय भएकाले सरकारले बेवास्ता गरेको जस्तो देखिन्छ । केहि दिन अगाडि सो विद्यालयका संस्थापक समाजसेवी गंगाराम यादव विद्यार्थीहरुका लागि राहत समाग्री लिएर पुग्दा दशकौ पछि पनि विद्यालयको हालत सुधार नभएकोमा चिन्तित बने ।
गरिव विपन्नका छोराछोरी गाँउमै पढन पाउँन भन्दै विक्रम सम्वत् २०६३ सालमा स्थापना भएको धनुषा जिल्लाको सोनिगामा ९ तिल्ही स्थित दलित राप्रावि विद्यालयमा दशकौं पछि पुग्दा पनि अवस्था जस्ताको त्यस्तै दयनीय नै रहेको देख्दा समाजसेवी यादवले तिन तहको सरकार कता छ ? प्रश्न गरे ।

यस क्षेत्रका दलित छात्र छात्राहरू मात्र अध्ययन गर्ने यस विद्यालयमा १२५ जना विद्यार्थीहरु रहेको प्रधानाध्यापक उपेन्द्र यादवले बताए । जस समध्ये छात्रा ६७ जना र छात्र ६१ जना रहेका छन् । तर विद्यालयमा शौचालय छैन । कक्षा कोठा दुईवटा मात्र रहेको छ । बस्ने डेस्क र बेन्च केही नरहेको प्रधानाध्यापकले थपे ।
विद्यालयको नाममा लालपुर्जा रहेको भएपनि स्थानिय सरकार बेखबर छ । पानीको धारा एउटा मात्र रहेको छ । स्थानीय सरकार प्रदेश वा संघीय सरकारको ध्यानाकर्षण बारम्बार गराए पनि कुनै किसिमको पहल नभएको विद्यालयका संस्थापक अध्यक्ष गंगाराम यादवले आक्रोश व्यक्त गरे ।

यादवले व्यक्तिगत रूपमा गत आइतवार विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई ड्रेस -लुगा), कपी, किताब र खाजा वितरण गरेका छन् । स्थानिय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, भद्र भलादमी, अभिभावकहरुको उपस्थितीमा भएको कार्यक्रममा यादवले सम्बद्ध पक्षलाई त्यस दलीत विद्यालय प्रति ध्यान दिन आग्रह गरे ।





