एसपी रिपोर्टर

जनकपुरधाम, चैत १४ : देशले बालेन जस्तो मधेशको होनहार युवा प्रधानमन्त्री पाएको खुसीमा जनकपुरधाममा ४० जनाले रक्तदान गरेका छन् ।

रास्वपा पार्टीको मधेश प्रदेश र्‍याट विभाग समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धनुषाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कुल ४० जनाले स्वस्फूर्त रुपमा रक्तदान गरेको रास्वपाका नेता अम्भु प्रसाद साहले बताए ।

देशमा पहिलो पटक मधेशी मुलका प्रधानमन्त्री बनेको र थप दुई तिहाईको बहुमतमा युवाहरुको मन्त्री परिषद गठन भएपछि खुसहालीमा आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको नेता साहले बताए ।