एसपी रिपोर्टर
जनकपुरधाम, माघ २४ : चुनावको संघारमा जनकपुरधामका जेनजी युवाहरु प्रवेश गरेका छन् । जनकपुरधामको विभिन्न वडाका अगुवा जेनजी उमेर समुहका युवाहरु प्रवेश गरेका हुन । उनीहरुलाई धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पुर्व उपसभापति विमलेन्द्र निधिले पार्टीमा स्वागत गरेका छन् ।
लोसपाका पुर्व जिल्ला अध्यक्ष तथा राराब क्याम्पस स्ववियु सभापति प्रत्यासी एवम् एमालेका मो. इमरान अलिसहित ३ दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । युवाहरू कांग्रेसमा भइरहेको सुधार र नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति आकर्षित भई पार्टीमा प्रवेश गरेको बताएका छन् ।
यस अवसरमा बोल्दै निधिले युवाशक्ति नै देशको भविष्य भएको उल्लेख गर्दै उनीहरूको सहभागिताले लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे । उनले युवाहरूलाई विकास, सुशासन र रोजगारीका मुद्दामा कांग्रेस प्रतिबद्ध रहेको पनि बताए ।
पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।





