एसपी रिपोर्टर
जनकपुरधाम, माघ १८ : २०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि एमाले प्रवेश गरेर जनकपुरधामको उपप्रमुखमा लडेकी रुना झा पुनः कांग्रेस फर्केकी छिन्। सो निर्वाचनमा १० हजार ८ सय ८५ मत पाएकी झा प्रतिनिधि सभा निर्वाचनको संघारमा पुनः कांग्रेस प्रवेश गरी कांग्रेस उम्मेदवार विमलेन्द्र निधिलाई जिताउने बताइन्।
उनले लोकतन्त्र बचाउने एकमात्र पार्टी कांग्रेस मात्र रहेको आफूले बुझेर पुनः घर फर्केको बताइन्। झा लाई चारतारे झन्डा र चुनाव चिन्ह हस्तान्तरण सहित स्वागत गर्दै नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस निर्वाचनमा मात्र नभई आगामी दिनमा पनि एक ढिक्का भएर अगाडि बढ्ने बताए।
कांग्रेसमा सबैको सम्मान हुने प्रतिबद्धता निधिले व्यक्त गरेका छन्।





