एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १५ :
जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि ज्ञानकुप र गोगल प्रसाद माध्यमिक विद्यालय वसहियामामा नेपाल खुला बिश्व विद्यालयको सिकाई व्यवस्थापन पद्दति सम्बन्धी विभिन्न विद्या बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । साथै जनकपुरधाम देखि झन्डै १० कि.मि.को दुरीमा रहेको २००५ सालमा स्थापित धनुषाको नगराइन स्थित राजेश्वर निधि मा. वि.मा पनि नेपाल खुला विश्वविद्यालयको सिकाई व्यवस्थापन सम्वन्धि सोहि सन्दर्भमा गहन छलफल भएको हो ।

विद्यालयहरुमा नेपाल खुला विश्वविद्यालयबाट प्रतिनिधित्व गर्दै मास्टर डिग्रीको कार्यक्रम संयोजक डा. अनिला झा र पुस्तकालय विज्ञानको कार्यक्रम संयोजक निर्मला सुबेदीले नेपाल खुला विश्वविद्यालयको विद्यार्थी भर्ना र विश्वविद्यालयमा सञ्चालित विभिन्न कार्यक्रमहरूबारे विस्तृत रुपमा आफना सन्दर्भहरू प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमहरुको जनकपुर नबासी रन्जित झाले सहजिकरण गरेको बताइएको छ ।

सो कार्यक्रममा विभिन्न स्कुल तथा कलेजहरूबाट झन्डै दुई सय जनाको सहभागिता रहेको थियो । नेपाल सरकारको विश्वविद्यालय मध्ये नेपाल खुला विश्वविद्यालय पहिलो र एक मात्र सरकारी विश्विद्यालय हो जुन खुला तथा दुर शिक्षामा आधारित छ । यस विश्वविद्यालयमा तीनवटा विभिन्न फ्याकल्टी क्रमश सामाजिक शास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानुन संकाय र विज्ञान, स्वास्थ तथा प्रविधि संकायमा गरी झन्डै पाँच हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

नेपाल खुला विश्वविद्यालयमा हाल भर्ना खुलिरहेको कार्यक्रमहरु पुस्तकालय विज्ञानमा डिप्लोमा, स्नातक तहमा वि.ए., वि इ स र एक वर्षे विएड् मा भर्ना भइरहेको सहितका अन्य विषयहरु वारे विशेष छलफल सहित छलफल सम्पन्न भएको सहजकर्ता झाले बताए ।