एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ : धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनुषाको विभिन्न स्थानमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वलाई लक्षित गरि ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरधामको रामानन्द चौक, मुजेलिया, ढल्केवर र लालगढ सहित विभिन्न स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सुर्य बहादुर शाहीले बताए ।

रामानन्द चौकमा एक समारोहमा बिच धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, प्रहरी प्रमुख नरहरि रेग्मी, शसस्त्र प्रहरी बल, नेपाली सेना, अनुसन्धान विभागका धनुषा प्रमुख, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, समाजसेवी अमरचन्द्र अनिल, यातायात व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, वडा अध्यक्ष दिनेश सिंह, रामानन्द युवा क्लवका अध्यक्ष शशी भुषण झा, युवा अभियन्ता सरोज मिश्र सहितकको उपस्थितीमा ‘म जिम्मेवार चालक’ उल्लेखित स्टिकर सवारीसाधनमा लगाइएर समुदघाटन गरिएको छ ।

गत भदौं २४ गतेको विध्वंशकारी आन्दोलनका क्रममा आफनो कार्यालय, पोशाक सहित राशन पानी सबै गुमाएको धनुषा ट्राफिक प्रहरी पुनः जनताको सेवामा सक्रिय भएको र चाडपर्वलाई व्यस्थित र सुरक्षित बनाउन हरसम्भव प्रयासरत रहने बताएको छ ।






