एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : भर्खरै सम्पन्न तीज पर्वले आफनो दायरा विस्तार गर्दै गएको छ । उहिले महेन्द्र राजमार्ग भन्दा माथी चुरे क्षेत्र सम्म आइपुगेको तीज अव दक्षिणी मधेशमा पनि विस्तारिदै छ । यसै क्रममा यस वर्ष धनुषाको ग्रामिण सबैला बजारमा पनि सार्वजानिक समारोहमै तीज पर्वको रौनक देखियो ।

सो अवसरमा स्थानिय गुराँस युवा क्लवले तीज नृत्य तथा गान प्रतियोगिताकै आयोजना गरि भव्यता थप्ने काम गरेको छ । क्लवका अध्यक्ष हरेराम यादवले फकिर चन्द गामी उच्च माविका प्र. अ. बैजु कुमार साहको सक्रिय सहयोगमा कार्यक्रमको यस वर्ष देखि सफल आरम्भ भएको बताए ।

सबैला बजारमै रहेको सार्वजानिक मञ्चमा नगरपालिकाका विभिन्न वडाबाट आमन्त्रित शिक्षिका, छात्रा, सहित महिला अगुवा र जनप्रतिनिधिहरुलाई एकै मञ्चमा राखेर कार्यक्रमलाई भव्यता प्रदान गरिएको प्र.अ. साहले बताए । उनले पालिकाको केन्द्रको रुपमा सबैला बजारबाट आरम्भ गरिएको तीज उत्सवलाई हरेक वर्ष चक्रीय प्रणाली अन्तर्गत पालिकाको अन्य वडाका बजारहरुमा आयोजना गरि पालिका स्तरीय भव्यता प्रदान गरिने छ ।






