एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ :
लायन्स क्लव अफ जनकपुरधाम र लायन्स क्लव अफ जनकपुरधाम गार्गीको २०२५/०२६ वर्षको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ ।

दुवै संस्थाको नयाँ अध्यक्षको रुपमा अध्यक्षद्वय क्रमश ह्ृदयरोग विशेषज्ञ डा. राजेश साह तथा सुजाता साहले पदभार ग्रहण गरेका छन भने उनीहरुलाई कुशलता पुर्वक आफनो कार्यकाल हस्तान्तरण गर्दै २०२४/०२५अध्यक्षद्वय क्रमश सुशिल कुमार सिंह र आशा साहले शुभकामना दिएका छन् ।

जनकपुरधाममा एक समारोहका बिच लायन्स क्लवको दुवै टिमको नयाँ नेतृत्वले पदभार ग्रहण गर्दै समाज र समाजिकता प्रधानताको भावनालाई निरन्तरता दिदै अगाडि बढने अठोट गरेका छन् ।

सो अवसरमा प्रदेश सांसद तथा गार्गीका संस्थापक अध्यक्ष अञ्जना पण्डित, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह सहितकाले शुभकामना मन्तब्य व्यक्त गर्दै लायन्सले समाजसेवा र परोपकारको क्षेत्रमा थप सक्रियता देखाउन आवश्यक रहेको बताए ।