एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ : मैथिली भाषाको चर्चित व्यङ्गात्मक श्रृखंला कलकतियावालीको मुख्य पात्र अविनाश झाकी श्रीमती अंशा सादाको अचानक मृत्यु भएपछि मैथिली कला क्षेत्र र प्रशंसक शोकमा छ । करिव छ महिना अगाडि मात्र झा र सादाको विवाह भएको र समाजिक सञ्जालमा दुवैजना खुसी र हर्षमै रहेको दृश्यहरु बाहिर आइरहेका बेला अंशाले आत्महत्या गरेको समाचार बाहिरए संगै प्रशंसक दुई कित्तामा बाँडिएका छन् ।
कतै शंका र आक्रोस छ त कतै शोक र समवेदना । यसै बिच ति पात्रहरुको कला प्रदर्शनी स्थल जनकपुरधामको नोचा पोखरी पुर्वको सुटिङ्ग स्थलमा अहिले नेताहरु पनि पुगेर मृतक सादा प्रति श्रद्धाञ्जली र झा सहितक कलाकारहरु प्रति समवेदना प्रकट गरिरहेका छन् । यसै क्रममा लोसपाका नेता अनिल कुमार झा पनि घटना स्थल समेत रहेको सो ठाँउमा पुगेर घटना बारेमा बुझदै दुःख व्यक्त गरेका छन् ।
कलाकार अविनाश झाको अनुपस्थितिमा नेता झा कलकतियावालीका निर्देशक अरुण विजयी संग कुराकानी गर्दै घटना बारे बुझनुका साथै हरेक सहयोगको प्रतिवद्वता व्यक्त गरेका छन् । कलकतियावाली अव मधेश र मिथिलाको पहिचान सावित भइसकेको बताउदै नेता झाले घटना र शोकबाट बाहिर निक्लेर पुनः कर्मपथमा लाग्न आग्रह गरे ।
अविनाश र अँशाले देखाएको साहस र कला क्षेत्रमा देखाएको कौशलताले मिथिलामा कला क्षेत्रको सम्भावनालाई उज्जयालो बनाएको भन्दै नेता झाले हिम्मत नर्हान टिमलाई आग्रह गरेका छन् ।



