एसपी खवर
जनकपुरधाम, असार १३ : जनकपुरधामका सक्रिय युवा उद्यमीहरुको संगठन नेपाली युवा उद्यमी फोरम जनकपुर च्याप्टरको नव अध्यक्षमा सिए राजिव रौनियार सर्वसम्मत चयन भएका छन् । फोरमको वरिष्ठ उपाध्यक्षमा नविन साह चयन भएका हुन ।जनकपुरधाममा आयोजित भब्य पाँचौ वार्षिक साधारणसभाबाट रौनियारलाई नेतृत्व हस्तान्तरण गरिएको संस्थापक तथा निवर्तमान भएका डा. सोनु कुमारले बताएका छन् ।
सो अवसरमा बोल्दै एनवाईईएफ एनजिसी अध्यक्ष कौशल कुमार श्रेष्ठले फोरमले युवा उद्यमीहरुलाई संगठित, दक्ष र प्रगतिको मार्गदर्शनका लागि यस्ता गतिविधीमा निरन्तर वृद्वि गर्दै जाने बताए । संस्थापक तथा निर्वतमान अध्यक्ष डा. सोनु कुमारले उद्योग बाणिज्य संघ सहितक सबै व्यापारीहरुको संगठनहरु संग मिलेर आफुहरु युवा उद्यमीको विकासका लागि काम गरिरहने बताए ।

सो अवसरमा वक्ताहरुले फोरमले जनकपुरमा गर्ने गरेको गतिविधी र फोरमको संरचनाको प्रशंसा गरेका थिए । नव निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र वितरणको साथै नयाँ सदस्यता प्राप्त गरेकाहरुलाई पनि सदस्यताको प्रमाण पत्र सोहि अवसरमा प्रदान गरिएको छ ।
साधारणसभामा नेपाल पत्रकार महासंघ मधेशका महासचिव शैलेन्द्र क्रान्ति, धनुषा अध्यक्ष पुरन साह, नेपाल उद्योग बाणिज्य महासंघ मधेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठ, नेपाल परिसंघ मधेशका अध्यक्ष प्रमोद साह सहितकाले सम्बोधन गर्दै फोरम र त्यस आवद्व जनकपुरधामका युवा उद्यमीहरु बारे आ आफनो धारणा राखेका थिए ।




