एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २१ : राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको १७ औं स्थापना दिवस जनकपुरधाममा पनि मनाइएको छ । दिवसको अवसरमा जनकपुरधामको जनकचौकमा दिप प्रज्वलन गर्दै अपाङ्गता भएकाहरुको सवाल र थप अधिकारका विषयमा आवाज उठाइएको छ ।
नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाको विशेष उपस्थितीमा भएको कार्यक्रममा झाले लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकलाई समान अधिकार भएपनि अपाङ्गता भएका फरक क्षमताका व्यक्तिहरुलाई विशेष अधिकार र सेवा सुविधा हुनुपर्नेमा अझै धेरै जटिलताको सामना गर्नपर्नु दुःखद रहेको बताए ।
उनले अपाङ्गताको क्षेत्रमा स्थानीय स्तरमा देखिएका चुनौतीहरूको समाधानमा केन्द्रित भई अपाङ्गता, श्रवण पूर्ण अशक्त दृष्टिविहीन अपाङ्गता, बौद्धिक अपाङ्गता, अटिजम वा मनोसामाजिक अपाङ्गता भएका दैनिक रूपमा निरन्तर हेरचाह तथा सहयोग आवश्यक पर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिका लागि परिवारको कुनै सदस्य वा संरक्षक नभएको अवस्थामा सम्बन्धित स्थानीय तहमार्फत उपलब्ध हुने हेरचाह तथा स्याहारको सेवा र दैनिक जीवनयापन सीप, सामाजिकीकरण सीप लगायतका सेवाका लागि बहस पैरवी गर्न आवश्यक रहेको बताए ।
सो अवसरमा आयोजक संघका मधेश प्रदेश अध्यक्ष जय प्रकाश ठाकुर, केन्द्रिय महामन्त्री किरण पासवान र प्रदेश महामन्त्री सञ्जुभगत सहितको उपस्थिती थियो ।


