एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २१ : जनकपुरधाम स्थित मारवाडी सेवा समितिको युवा र महिला दस्ता मारवाडी युवा मंच र मारवाडी महिला मञ्चको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको उपस्थितीमा निर्वाचन अधिकृत सेवा समितिका अध्यक्ष निर्मल चौधरीले युवा र महिला कार्यसमितिको नयाँ नेतृत्वलाई सपथ ग्रहण गराएका छन् ।

युवा मञ्चका अध्यक्ष विक्रम जैनले नव निर्वाचित अध्यक्ष राहुल सिंघानियालाई पदभार ग्रहण गराएका छन भने महिला मञ्चकी अध्यक्ष दीपा चौधरीले नव निर्वाचित श्रीमती सारदा देवी अग्रवाललाई पदभार ग्रहण गराएका थिए ।

समाजको साकारात्मक रुपान्तरणका लागि मारवाडी युवा मंचले हरेक सम्भव काममा साथ र सहभागिता जनाउन तयार रहेको नव निर्वाचित अध्यक्ष सिंहानियाले बताए । मारवाडी युवा मञ्चले विगत २ वर्षदेखि जानकी मन्दिरमा हप्ताको १ दिन निःशुल्क भोजनको कार्यक्रम गर्दै आएको छ । त्यसलाई आफनो कार्यकालमा पनि निरन्तरता दिने घोषणा उनले गरे ।

मुख्यमन्त्री सिंह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, एमाले नेता शिव शंकर साह हिरा सहितका वक्ताहरुले सो अवसरमा शुभकामना व्यक्त गरेका थिए ।