एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १२ : जनकपुरधाम स्थित काव्या हस्पिटलको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय एघार जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा पहिलो दिन हस्पिटलमै आयोजित रक्तदान कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव सहित एक सय एघार जनाले रक्तदान गरेको हस्पिटलले जनाएको छ ।
हस्पिटलले वार्षिकोत्सवकै अवसरमा दोस्रो दिन शनिवार निशुल्क थाईराइड जाँच शिविरको आयोजना गरेको छ । हस्पिटलमै आयोजना हुने सो शिविरमा जो सुकैले पनि निशुल्क आएर थाईराइडको जाँच गर्न सक्ने जनाइएको छ ।


