एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १८ : नेपाल पत्रकार महासंघ मधेश प्रदेश र धनुषा जिल्ला शाखाले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रकार सुरेश गत चैत १५ गते काठमाण्डौंको तिनकुनेको एकमा ढोका थुनेर पत्रकार जलाएर मारिनुका साथै पत्रकार र सञ्चार माध्यमहरुमा भएको आगजनी र आक्रमणको घटना विरुद्व महासंघले देशव्यापि रुपमा आन्दोलन गरिरहेकोमा शुक्रवार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासंघ मधेशका सचिव हदिश खुद्दार र धनुषा शाखा अध्यक्ष पुरन साहको अगुवाईमा पत्र बुझाउदै महासंघले हत्या गरिएका पत्रकार रजकको न्याय, शहिद घोषणा, क्षतिपुर्ती र हत्यारालाई कडा कारवाहीको मांग गर्दै चैत १८ गते गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको पनि जानकारी गराउदै दबाब श्रृजना र पहलकमदीका लागि आयोगलाई आग्रह गरिएको छ ।