एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ : नेपाल सरकारको निर्णय अनुसार यस्ता छन् प्रदेश २ वाट नेपाल प्रवेश गर्न सकिने नाकाहरु । सप्तरीको कुनौली, सिरहाको ठारही र माडर, महोतरीको भिठ्ठामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र पर्साको विरगंज नाका वाट भारतवाट आउनेहरु नेपाल प्रवेश गर्न सक्ने छ । यि निर्णय भारतवाट नेपाल आउने मानिशहरुको लागि मात्र लागु हुनेछ ।अतिआवयश्क सरसमानहरु लिएर आउने मालवाहक सवारीसाधनहरुमा भने इ निर्णय लागु नहुने प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।
एता प्रदेश २ सरकारका प्रवक्ता समेत रहेको मन्त्री यादवले प्रदेश २ का आठवटै जिल्लामा एक एक नाका गरि आठवटा नाकाहरु आवयश्क पर्ने बताउछन् । अहिलेको निर्णय अनुसार धनुषा र बाराको कुनै पनि नाकाहरु नपरेको कुरा आफुलाई थाहा नरहेको बताउदै मन्त्री यादवले प्रत्येक जिल्लामा एक नाका राख्न लगाउने बताए । धनुषामा जटही खुलाइने समेत मन्त्री यादवले बताए । त्यसी गर्दा धनुषा र बाराका स्थानियलाई अपठेरो हुने भन्दै हरेक जिल्लाको एक नाका खोल्नु पर्ने मन्त्री यादवको भनाई छ ।
एता भिठ्ठामोड नाकामा भने भारतिय प्रशासनले अवरोध कायमै राखेको छ । आज भारत तर्फ जान लागेको बसहरुलाई नाकामा अवरोध गरिएको छ । उनीहरुका अनुसार भारतिय प्रशासनले नाका प्रवेशमा अवरोध गरिरहेको छ ।