एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० : नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले अवको युगमा अनलाईन र युटयुबनै सबै भन्दा सरल, सहज मिडिया सावित भएकाले यसैलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
आधुनिकिकरण र परिवर्तणलाई सबैले आत्मसाथ गर्नुको विकल्प नरहेको परिपेक्षमा यि मिडियाहरुलाई कसरी बिश्वसनिय र प्रभावकारी बनाउने भन्ने मुख्य चुनौती रहेको उनको तर्क थियो । संघिय सञ्चार मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा भएको अनलाईन मिडिया, युटयुव तथा पत्रकारिताका सवालहरु विषयक कार्यक्रममा अध्यक्ष साहले अनलाईन र युटयुव मिडियामा तथ्यपरक, बिश्वसनिय आकर्षक कन्टेन्ट हालेर देश विदेशका दिग्गज पत्रकारहरु स्थापित भइरहेको सुनाए ।
अनलाईन र युटयुबको बिगबिगी त भयो तर आफनै पृथक कन्टेन्ट भन्दा पनि कपि गर्ने, विषय चोर्ने होडवाजीका कारण समाचारका कन्टेन्ट भन्दा समान्य जिवन र दैनिकी दखाउने ब्लगहरु प्रति दर्शक आकर्षित हुन थालेको उनको कथन थियो । उनले यस्ता मिडियामा काम गर्न चाहने पत्रकारहरुका लागि सरकारले प्रयोगात्मक तालिम तथा दक्षता अभिवृद्विका कार्यशाला गर्नुपर्ने बताए ।