एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १५ : रक्त अभावमा समान्य विरामी र तिनका परिवारजन समेत पिरोलिने गरेका छन् । कोरोनाको महामारीसँगै जनकपुरमा रक्तको अभाव सृजना भएपछि विरामीहरुलाई हदै सम्मको राहतका लागि युवाहरु अगाडि सरेका छन् । लकडाउनका बिच सुरक्षा सर्तकता अपनाउदै जनकपुर मेडिकल स्टुडेन्ट सोसाईटी वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
बुधबार जनकपुरधामको जनचोकमा वृहत रक्तदान कार्यक्रम गरिएकोमा ३१ ज्नाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटीको सहयोगमा सोसाईटी आवद्व युवाहरुले गरेको रक्तदान आपतका वेला सराहनीय रहेको मधेश मेडिकल सोसाइटीका अध्यक्ष अभियन्ता डा. सुधिर भगतले बताए ।
रक्तदान जीवनदान नारा सहित जनकपुरधामको ब्लड बैंकमा रक्त अभावका कारण अस्पतालमा समस्या हुँदै आएको भन्दै यस्तो महामारीको बेला रक्तदान गरी जीवन बचाउन आग्रह गरिएको सोसाइटीका शिवम साहले बताए । सोसल डिस्टान्सिँग (समाजिक दुरी) कायम गरी पूर्णतः सुरक्षाको साथ रक्तदान आयोजना गरिएको छ ।
जनकपुर मेडिकल स्टुडेन्ट सोसाईटी अध्यक्ष मनोहर महासेठको अगुवाईमा भएको कार्यक्रममा सचिव राजन झा थिए भने मधेश मेडिकल सोसाइटीका संयोजक एवम अभियन्ता डा. भगत सहित चन्द्रमोहन चौधरी सहितको विशेष उपस्थिती थियो ।