एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई मिनापको महामुर्ख सम्मेलनमा सम्मानित गरिएको छ । हरेक वर्ष होली होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषदले प्रदान गर्ने मानपदवी र सम्मान अन्र्तगत भण्डारी एक अल्पसंख्यक भएर पनि लगनशिलता र संर्घषका माध्यमले पाएको सफलता र शाहसको प्रशंसा गर्दै उनलाई ‘खेसारीलाल’ मानपदवीको सहितको सो सम्मान प्रदान गरिएको छ ।
महामुर्खको उपाधि यसवर्ष मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदान गरिएकोमा जनकपुरधामको राम मन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बिच मुख्यमन्त्री सिंह सहित भण्डारीलाई पनि सम्मानित गरिएको छ । भण्डारी गत असोजमा संघ जनकपुर शाखाको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई व्यङ्गात्मक माला, सम्मानपत्र र मायाको चिनो सहित मिनापका पदाधिकारीहरुले सम्मानित गरेका थिए । मिनापले २९ वर्ष पहिला कवि सम्मेलनबाट सुरु गरेको यो समारोह महामुर्ख सम्मेलनको रुपमा चर्चामा आएर हरेक वर्ष होलीको अवसरमा मजाकी व्यङ्गात्मक तरिकाले महामुर्ख र २० मुर्ख सहित ११ जनालाई सम्मानित गर्दै आएको छ ।