एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २९ : हरेक वर्ष जस्तै रौनियार सेवा समिति जनकपुरधाममा भब्य होली मिलन समारोहको आयोजना गरिएको छ । समितिको आयोजना र रौनियार युवा मञ्चको सहकार्यमा आयोजित समारोहमा रौनियार समुदायका बच्चा देखि वृद्व सम्म शुभकामना आदान प्रदान र आर्शिवाद आदान प्रदान गर्दै होली मिलन समारोह मनाइएको छ ।

समितिका कार्यवाहक अध्यक्ष रामबाबु साहको अगुवाई र नेपाल रौनियार महासंघका केन्द्रिय अध्यक्ष तथा समितिका अभिभावक शिवनाथ रौनियारको विशेष उपस्थितीमा भएको कार्यक्रममा समुदायकी महिलाहरुलाई मनोरञ्जनका लागि विभिन्न खेलको आयोजना गरिएको थियो भने गितगान र भोजनको व्यवस्था गरिएको थियो ।

समितिका संरक्षक सदस्य, पुर्व अध्यक्ष, सल्लाहकार तथा युवा मञ्चका वर्तमान तथा पुर्व पदाधिकारीहरु सहित रौनियार जनसमुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, निर्माण व्यवसायी संघ धनुषाका उपाध्यक्ष जय प्रकाश साह, समितिका पुर्व अध्यक्ष अरुण साह सहितकाले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा समुदायबाट ६५ वर्ष उमेर पारे गरेकी वृद्वा र ७० वर्ष उमेर पार गरेका वृद्वहरुलाई सम्मान गरिएको छ । रौनियार सेवा समितिले आफनो अतिथि सदन धर्मशाला माथी स्टार होटल सरहको डिलक्स रुम, शुद्व शाकाहारी खाना सहितको सेवाहरु विस्तार समेत गरेको छ ।






