एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ : जनकपुरधामको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल प्रा.ली. को १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाईएको छ । वार्षिकोत्सवको अवसरमा सोमवार विहान अस्पताल छेउमै रहेको कपालमोचनीसर पोखरीको दक्षिण तर्फको किनारामा वृक्षारोपण गरिएको छ ।

करिव दुई दर्जन विभिन्न प्रजातीको बोटविरुवा सोमवार विहान पोखरी घाटमा रोपिएको हस्पिटलका ईन्चार्ज हरिशचन्द्र यादवले बताए । वृक्षमानव सुरेश शर्माको अगुवाईमा वृक्षारोपण गरिएको थियो । सोमवारनै अस्पतालमा एक विशेष समारोहका बिच केक काटेर शुभकामना आदान प्रदान सहित हस्पिटल प्रा.ली. को १९ औं वार्षिकोत्सव मनाइएको छ ।

सो अवसरमा हस्पिटलका सञ्चालक पुर्व संघिय स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले शुभकामना दिदै अस्पताल थप जिम्मेवारीका साथ नागरिकको सेवा समर्पित हुनुपर्ने बताए । सो अवसरमा हस्पिटलका चिकित्सक, कर्मचारी सहितको उपस्थिती थियो ।
