एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २१ :
जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

मंगलबार अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरूलाई रौतहट मातहतको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत रौतहटमा पठाइएको प्रहरीले जानकारी दिएको छ।