एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ :
प्रत्येक वर्ष झै मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधाममा आयोजना गर्दै आईरहेको दुई दिवसीय होरी महोत्सव र महामुर्ख सम्मेलन यसवर्ष पनि भव्यतापुर्वक मनाउने उदघोष गर्दै महामुर्ख खोज्न थालेको छ ।

मिनापले यसवर्षको होरी महोत्सव फाल्गुन २९ गते विहिबार र महामूर्ख चैत्र १ गते शुक्रवार मनाउने निर्णय गरेको मिनापका अध्यक्ष परमेश्वर झा ले जानकारी दिदै होरी महोत्सवमा भाग लिन ईछुक होरैया टिमहरुलाई आ–आफ्नो टिमको नामावली सहित सहभागिताका लागि मिनापमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

र होरी महोत्सवको भोली पल्ट रामचौक स्थित राम मन्दिर पार्कमा महामूर्खको घोषणा र उपाधिका लागि उपयुक्त २०८१ क महामूर्खको खोजी तिब्र गतिमा भैरहेको जानकारी समेत गराइएको छ ।