एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
मंगलवार फागुन १३ गते देशै भरि एकसाथ नेपाली कांग्रेसका संस्थापक नेताहरु मध्येका एक स्व.महेन्द्र नारायण निधिको जन्मजयन्ती मनाइदै छ । कांग्रेसको प्रारम्भिक योद्वाहरु मध्येका गान्धीवादी र अहिंसावादी नेताका रुपमा परिचित नीधि कांग्रेस र आफनो भुगोल तराई मधेशको हितमा सदैव बोल्ने र लडने नेताका रुपमा राष्ट्रिय परिचय बनाउनु भएको छ ।

वहाँको १ सय ४ औं जन्म जयन्तीको अवसरमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रपति निवास शितल निवासमा विशेष समारोहको आयोजना गरिएको छ भने विपि कोइरालाका पुत्र कांग्रेसका पुर्व महामन्त्री शशांक कोइरालको प्रमुख आतिथ्यतामा जनकपुरधामको महेन्द्र नारायण निधि सांस्कृती केन्द्र (नीधि) भवनमा जन्म जयन्ती समारोहको आयोजना गरि निधिको स्मरण गरिनेछ ।

महेन्द्र नारायण निधी एतिहाँसिक पहिलो मधेशी प्रधानमन्त्रीको रुपमा लगभग निश्चित जस्तै रहेको देशको राजनिति अवस्थामा पुगेर पनि विभेदपुर्ण तरिकाले प्रधानमन्त्रीबाट नियोजित बञ्चित गरिएका नेताका रुपमा पनि स्मरण गरिन्छ । त्यसपछि आज सम्म न कोहि बन्न सकेको छ र न कोहि बन्न सक्ने छ भनेर पनि तर्क वितर्क देशको राजनितिमा चर्चामै रहने गरेको छ ।