एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ५ : मंगलवार कांग्रेसकी महिला नेतृहरुको वृहत अन्तरक्रिया कार्यक्रम हुन गइरहेको छ । कांग्रेसको महिला विभागद्वारा कांग्रेस मधेश प्रदेशको जनकपुरधाम स्थित कार्यालय भवनमा विहान १० बजे हुने मधेश प्रदेशमा नेपाली कांग्रेस महिला नेतृको अवस्था अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा महिलाको हितमा छलफल हुने छ ।
महिला विभागकी प्रमुख नेतृ पुष्पा भुसालको अगुवाई र कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीको विशेष उपस्थितीमा हुने कार्यक्रममा कांग्रेसी महिलाहरुको वृति विकास, सहभागिता र पहुँचमा वृद्वि सहितका विषयमा वहस र तर्क आदान प्रदान हुने विभागकी प्रमुख भुसालले बताईन् ।
सो कार्यक्रममा सहभागिताका लागि महिला विभागकी कर्णाली, गण्डकी, बागमती, कोशी सहितका महिला नेतृहरुको जनकपुरधाममा आगमण भइसकेको भुसाले बताइन् ।