एसपी रिपोर्टर
जनकपुरधाम, माघ १३ : यातोश कुमार साह नेतृत्वको जनकपुर जेसिज २०२४ ले नव निर्वाचित मुकेश कुमार साह नेतृत्वको जनकपुर जेसिज २०२५ लाई पदस्थापन गराउदै सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । जनकपुर जेसिजको सभाहलमा आयोजित नयाँ कार्यसमितिको सपथग्रहण तथा अवार्ड वितरण कार्यक्रममा यातोशले मुकेशलाई उनकी धर्मपत्नी सहित आफनो जेसिज नेतृत्वले लगाउने माला लगाउदै पदभार हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा पुर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य जुली कुमारी महतोले जनकपुर जेसिजको नयाँ कार्यसमितिलाई शुभकामना र निवर्तमान भएकालाई धन्यवाद व्यक्त गदैै सामुहिक एकतामा ध्यान दिन आग्रह गरिन । प्रदेशसभा सदस्य तथा पुर्व सदस्य दिपेन्द्र ठाकुर तथा परमेश्वर साहले जेसिजका युवाहरु जनकपुरधामको थप विकासका सम्वाहक र सचेतक हुन आवयश्क रहेको बताए ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले देशको अन्य र जेसिजका युवाहरुमा भिन्नता हुनुपर्ने बताउदै हुनेखाने सम्पन्न युवा भएकाले जेसिजका युवाहरुबाट समाजले पृथक सेवा र अपन्तव महशुस गर्न आवश्यक रहेको बताए । सो अवसरमा वक्तित्वकला प्रतियोगिताका विजेताहरु, जेसिजका आजिवन सदस्यता प्राप्त गर्नेहरुलाई सम्मान र प्रमाण पत्र वितरण गरिएको थियो । विभिन्न वर्षका अध्यक्षहरु सहित जेसिजको अगुवाहरुको उपस्थिती रहेको सो अवसरमा जेसिजको विधी अनुसार विभिन्न पक्रिया सम्पन्न गरिएको थियो । नवनिर्वाचित मुकेश नेतृत्वको टिम २०२५ ले यसै वर्षमा नेपाल जेसिजको महाधिवेशन आयोजनाको जिम्मा पनि पाएको छ ।
