एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियामा बन्द अवस्थामा रहेको शहिद रामवृक्ष यादव प्राविधिक शिक्षालय पुन संचालन गर्न सहितका शैक्षिक सुधारका लागि स्थानियहरु सहमत भएका छन् । उनीहरु अभिभावक भेला बोलाएर समस्या समाधानका लागि सहमत भएका छन् ।
गणेशमान चारनाथ नगरपालिका वडा न. ९ मा बरमझियाको शिक्षा अबस्था र सुधारका प्रयास बिषयमा आयोजित प्यानल डिस्कसन कार्यक्रममा मा.वि. बरमझियाको शिक्षाको अबस्था सुधार गर्न बक्ताहरु सहमत भएको हो । युथ डिस्कोर्स सेरिज अन्तर्गत सेफ नेपालको साझेदारीमा गणेशमान चारनाथ युवा संजालको आयोजनामा शिक्षाको अबस्था र सुधारका प्रयास बिषयमा गाँउमै गम्भीर छलफल भएको छ ।

शिक्षामा सुधार ल्याउन सम्बन्धित सरोकारवालाहरुलाई जिम्मेबारी तथा दायित्व बोध भएको छ । वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेको नन्दकिशोर यादवले चाडै अभिभावक, शिक्षक, शिक्षा प्रेमी र जनप्रतिनिधिहरुको संयुक्त भेला बोलाउने र समस्याहरु पहिचान गरि समाधान खोजिने बताए । मा.वि. बरमझियाको शिक्षामा देखिएका समस्याहरु, बिद्यालय स्तर उन्नति र रामवृक्ष यादव प्राबिधिक शिक्षालय लगायत बिषयमा केन्द्रित भइ छलफल गरिने बिश्वास लिएको हो ।
प्यानल डिशकसन कार्यक्रम पत्रकार, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष तथा स्थानिय रघुनाथपुर निवासी पुरन साहले संचालन गरेका थिए । पुर्व मन्त्री तथा प्रदेश सांसद सुनिता यादवले नाजुक अवस्थामा रहेको शिक्षा स्थिती हेर्दा दुःख लाग्ने गरेको र सरकारी विद्यालयमा पनि ४ बर्ष पहिलेको प्रधानमन्त्री र राष्ट्रपति फोटो अझै कार्यालयमा राखेर शिक्षकहरु रमाईरहेको भन्दै दुःख व्यक्त गरिन ।
०७५ सालमा प्राविधिक शिक्षाको लागि गाँउमा सबै राजनितीक दल र प्रतिनिधिसंग पहल गरि सबैको सहयोगमा रामवृक्ष यादव प्राविधिक शिक्षालय ल्याइएको तर श्रोत साधन अभावको कारण बन्द भएको कुरा छलफलमा उठेको थियो । अब सबै मिलि सुचारु गर्न पहल गरिने र आफु सहयोग गर्न तयार रहेको प्रतिबद्वता छलफलमा सहभागि वक्ताहरुको थियो । गणेशमान चारनाथ नगरपालिका मेयर जित नारायण यादवले शिक्षामा सुधार गर्न बजेट अभाब हुन् नदिने र योजना बनाएर अगाडी बढ्न आफुहरु तयारी अवस्थामा रहेको बताए ।
यस पालिकामा ४ सय ११ बालबालिकाहरु अझै विद्यालय बाहिर छन् । यस बर्ष भित्र सबैको बिबरण संकलन गरि आगामी बर्षमा बिधालय भन्दा बाहिर रहेका सबै बाल बालिका बिद्यालय भर्ना गराउने, अहिले सम्म शिक्षामा अनुगमन धेरै गर्न नसकेकाले अब गर्ने, दलित तथा सिमान्तकृत समुदाय छात्रवृति र निशुल्क शिक्षाको पहल लिने तथा बन्द भएको रामवृक्ष यादव प्राबिधिक शिक्षालय सुचारुको लागि आवश्यक पहल गर्ने प्रतिबद्वता उनको थियो ।

शिक्षा शाखा प्रमुख छोटी मुखियाले पहिलेको तुलनामा अहिले पालिकाको शिक्षा अवस्थामा सुधार आएको बताए । उनले अनुगमन तथा पहलकदमीको काममा पनि सुधार भएको बताए । पुर्व गाविस अध्यक्ष तथा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विसुन्देव यादवले पहिलाका सबै अध्यक्षहरु मनमानी तरिकाले शिक्षक न्युक्ति गरेकाले शिक्षक बेमतलवी हुँदा स्थिती विग्रेको बताए ।
सहभागीहरु करिव तिनदर्जन स्थानियहरुले शिक्षामा देखिएका समस्याहरु, चुनौती र समाधानका लागि सुझाब पनि दिएका थिए । उनीहरुले बरमझियाको शिक्षा अवस्था ठिक छैन, अयोग्य शिक्षकको न्युक्ति छ, पैसा चलखेल हुने गरेको, स्थानीय शिक्षकहरु सरुवा हुनु पर्ने, शिक्षकहरुले दायित्वबोध हुनुपर्ने, ड्रेस नभएर गरिब बच्चा बिधालय जान नदिइएकाले त्यसको अन्त्य हुनुपर्ने, लेखापरिक्षण निरन्तर सार्वजानिक र पारदर्शी हुनुपर्ने, छात्रवृती तथा सेवा सुविधामा चलखेल हुन नहुने बताएका थिए ।
द एसिया फाउनडेशनको मुख्य कार्यान्वयन संस्था रहेको युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिकामा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि गतिविधी गरिरहेको छ । प्यानल डिस्कसनमा कार्यक्रम माथि प्रकाश पार्दै संस्था तथा परियोजना कार्यक्रमको अचारसंहिता बारे सेफ नेपालको संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले प्रस्ट पारेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय प्रमुख बुध नारायण सहनी र इन्सेक प्रदेश संयोजक राजु पासवानको समेत उपस्थिति रहेको थियो । युवा संजाल अधयक्ष जित कुमार यादव अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समाजसेबी सोभित यादव, बिनोद यादव, चन्द्र यादव, शिक्षक सफिद राईन, डाक्टर रामपुकार महरा, शिब कुमार साह, जगदीश महासेठ, शिवशंकर धामी, भिषण गरेरी, नथुनी महरा मकेशर साह, अमृति महरा, युवा संजालका सदस्यहरु पविता यादव, रबिन्द्र यादव, अविनाश शर्मा र संजिला मण्डल सहितको उपस्थिति रहेको थियो ।