एसपी रिपोर्टर
जनकपुरधाम, माघ १ : महोतरीको प्रसिद्व धार्मिक स्थल परौलथानमा पनि स्थानिय युवाहरुले तिला संक्रान्तिको अवसरमा खिचडी प्रसादको आयोजन गरि मकर संक्रान्ति पर्व मनाएका छन् । हिन्दु स्वयमसेवक संघ नेपालको आयोजनामा स्थानिय युवाहरुले प्रत्येक वर्ष माघे संक्रान्तिको दिन आयोजना गर्ने खिचडी भोजमा यस वर्ष पनि भब्यता देखिएको छ ।
संघले बल्वा नगरपालिकाको हरेक धार्मिक स्थलहरुमा यस्तो कार्यक्रमको आयोजन गर्ने गरेकोमा यस वर्ष परौलस्थानमा गरिएको संघका नगर सञ्चालक रामेश्वर मण्डलले बताएका छन् । सो अवसरमा प्रदेश सांसद सुरिता साह, रुपा यादव, रविता प्रधान, नगरप्रमुख रामविजय महतो, वडा नंं. १० का वडा अध्यक्ष राजकुमार यादव, एमाले जिल्ला अध्यक्ष बलिराम यादव, समाजसेवी जिवछ साह, धमौरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अभय कुमार सिंह, संघको जनकपुर संभागबाट सत्यनारायण ठाकुर सहित सुरक्षाकर्मी, राजनितिक र समाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।

तराई मधेशमा तिला सकराईत भनेर मनाइने माघ १ का दिन युवाहरुले पुर्खाले बसाएको परम्परा बचाउन खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै सहभागिहरु प्रशंसा गरेका छन् । सो अवसरमा मिक्स खिचडी, तिलको चटनी खुवाइएको थियो । चिसोयाममा शरिरमा तापक्रम बढाई न्यायो प्रदान गर्ने बाजे पुरखाले माघ १ गतेका दिन खाने परम्परा बसाएकाले आफुहरु सो परम्परा र संस्कृती बचाउन निरन्तर यो भोज गर्दै आएको युवाहरुको धारणा छ ।