एसपी रिपोर्टर
जनकपुरधाम, पुष १७ : कर्मक्षेत्र जनकपुरधाम होस या उनको गृहनगर विदेह (गोबराही) देखि धनुषा, मधेश र यहाँ सम्मकी काठमाण्डौंमा पनि खास गरि कुनै मधेशीलाई कुनै समाजिक, प्रशासनिक वा अन्य समस्या पर्दा सम्झि हाल्ने व्यक्तित्वमा उहाँ पनि पर्नुहुन्छ भन्दा फरक पर्दैन । उहाँलाई भर्खरै ‘मिथिला रत्न’ सम्मानले सम्मानित पनि गरिएको छ । उहाँ हुनुहुन्छ, समाजिक अभियन्ता तथा राजनितिज्ञ ‘राजिव झा’ ।
अध्यन्नको शिलशिला चल्दै गर्दा उहाँ अव डा. राजिव झा पनि योग्यता अनुसार लेख्ने भइसक्नु भएको छ । जनकपुरधामको कटैया चौरी स्थित उनको निवासमा जतिवेला पनि आगन्तुक बसेकै हुन्छ । राजनितिक, समाजिक, प्रशासनिक देखि घरायसी समस्या र समाधानमा पनि उहाँको खोजी हुन्छ ।
भारतको झारखण्ड (बाबाधाम)मा भएको २२ औं अन्तराष्ट्रिय मैथिली सम्मेलनका दौरान डा. झालाई ‘मिथिला रत्न’ले सम्मानित गरिएको छ । केहि दिन अगाडि मात्र सम्मानित डा. झा क्लोथ बैंक नेपालको अध्यक्ष, नेपाल भारत खुल्ला सिमा संवाद समुहको अध्यक्ष हुनुहुन्छ । उहाँ राजेन्द्र महतो नेतृत्वको वर्तमान राष्ट्रिय मुक्ति क्रान्तिका नेता पनि हुनुहुन्छ ।
क्लोथ बैंकका माध्यमले दिनदुखी र अभाव भएकाहरुलाई आवश्यक कपडा, समुहका माध्यमले नेपाल भारतको सिमावर्ती नागरिकको समस्या र समाधानका लागि हमेशा क्रियाशिल रहने उहाँको दिनचर्या नै हुन्छ । कोरोना महामारीमा नागरिक घरघरमा बन्द हुँदा पनि क्लोथ बैंकका माध्यमले अक्सिजन राहत अभियान चलाउने डा. झा समाजिक र राजनितिक अभियान संगसंगै चलाईरहेका छन् ।
उहाँ अभियानका दौरान नेपाल मात्र नभई भारतको विभिन्न क्षेत्रमा पनि सक्रिय रहनु हुन्छ ।