एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : नेपाल पत्रकार महासंघ धनुषाको नयाँ कार्यसमितिमा निर्वाचितहरुलाई जनकपुरधाम उद्योग बाणिज्य संघले बधाई ज्ञापन गर्नुका साथै सम्मान गरेको छ । संघमा एक समारोहका बिच संघका अध्यक्ष सुरेन्द्र भण्डारीले महासंघ धनुषाको अध्यक्षमा फराकिलो मतान्तरले निर्वाचित पुरन साह, उपाध्यक्ष अवधेश कामत सहितको उनको टिमलाई सम्मान गरेको छ ।
सो अवसरमा संघका अध्यक्ष भण्डारीले जनकपुरधामको विकासका लागि महासंघ संग हातेमालो गरेर अगाडि बढन तयार रहेको बताउदै महासंघले युवाहरुको सक्रिय टिम पाएको भन्दै खुसी व्यक्त गरे भने महासंघका नवनिर्वाचित अध्यक्ष साहले गैर नाफामुलक दुवै संघ र महासंघले पाएको नयाँ उर्जावान टिम मिले जनकपुरधामको विकासमा धेरै थोक गर्न सकिने बताएका थिए ।
सो अवसरमा महासंघको कुल १८ मध्ये १४ जनाको उपस्थिती थियो भने जउबासंघका सबै पदाधिकारीहरु सहित सदस्यहरुको उपस्थिती थियो ।