एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १४ : जनकपुरधाम स्थित मैथिली विकास कोष र काठमाण्डौंको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान विच नयाँ समझौता भएको छ । मधेशको चित्रकला, मुर्तिकला, हस्तकला, लोककला, शिल्पकला, वास्तुकला र अन्य सृजनात्मक बहुआयामिक कला समेत समेटेर मधेश प्रदेशको विभिन्न जिल्लामा ति कला विद्याको प्रवद्र्वन, सम्वद्र्वन तथा विकासका लागि दुवै पक्ष विच सम्झौता भएर हस्ताक्षर भएको छ ।
प्रतिष्ठान र कोष विच माथी उल्लेखित ललितकलाका विद्याहरुको खोज अध्यन्न अनुसन्धान कार्यशाला, प्रशिक्षण, प्रदर्शनी, तालिम तथा गोष्ठी गर्नुका साथै प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने ललितकला प्रदर्शनीहरुमा सहकार्य गर्ने देखि विभिन्न ९ बुदाँगत उद्देश्यहरु प्राप्तीका लागि दुवै संस्था विच समझौता भएको कोषका अध्यक्ष जिवनाथ चौधरीले बताएका छन् ।
हेर्नोस सम्झौता पत्र