एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १९ : धनुषा चेम्बर अफ कर्मशले हरेक वर्ष जस्तै यस वर्ष पनि विपन्न ब्रतालुहरुका लागि छठपुजाका सरसमानहरु सहयोग गरेको छ । जनकपुरधाममा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहको उपस्थितीमा कर्मशले विपन्न तर छठ गर्न लागेका परिवारलाई छठपुजाका सरसमानहरु वितरण गर्नुका साथै जनकपुरधाम उद्योग बाणिज्य संघमा नवनिर्वाचितहरुलाई सम्मान गरेको छ ।
छठ पूजामा माम लाग्ने चामल, गहँु, मिठ्ठा, नरिवल, साड़ी, उँखु सहितका प्रसाद र पहिरन समाग्री वितरण गरिएको कर्मशका सरोज कुमार मिश्रले बताए । कुल एक सय एक ब्रतालुहरुलाई सो पुजा समाग्रीहरु वितरण गरिएको छ । मुख्यमन्त्री सिंहले कर्मशको कार्य सराहनिय रहेको बताउदै उद्योगी व्यवसायीहरुको संस्थाबाट भएको परोपकारी कार्य सुखद रहेको बताए ।
सो अवसरमा जउबासंघमा निर्वाचितहरुलाई सम्मान गर्दै कर्मशका अध्यक्ष विजय प्रसाद साहले कर्मशसंगको सहकार्य र समन्वयमा जोड दिदै व्यापारिक हित अधिकारका लागि मिलेर काम गर्न आग्रह गरेका थिए ।