एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ : बाढि पिडितहरुलाई एकदमै समस्या भएको खवर पछि विजयादशमीको सप्तमी तिथिका दिन पनि कांग्रेसका युवाहरु राहत दिएर सिन्धुली पुगेका छन् । नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व उपप्रधान गृहमन्त्री विमलेन्द्र निधीलाई सो खवर भएपछि उनकै पहलमा जनकपुरधाममा युवा अगुवाहरु प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरि दशैंमा हदै सम्मको खुसी साटने प्रयास गरेका छन् ।
जिल्लाको सुनकोशी गापा वडा नं. १ रामटारका बाढि तथा पहिरो पिडितहरुलाई राहत वितरण गरिएको छ । दशैंका बेला कोहि पनि अन्न र पानी बिना बस्नु हुदैन भन्ने ध्येयले पचिस किलोको एक सय दुई बोरा चामल, पाँच केजीको सय बोरा चिउरा, पाँच केजीको सय पोका दाल, एकसय बोतल खानेतेल र नुन, १५ काटुन चाउचाउ पानीको एकदमै हाहाकार रहेकाले दुईसय काटुन पानी समेत वितरण गरिएको युवा नेता मनोज चौधरीले बताए ।
सो क्रममा कांग्रेसका नेताहरु गणेश तिवारी, प्रमो चौधरी, मनोज चौधरी, उमेश प्रसाद सिंह, नेपाल रेडक्रस सोशाइटी धनुषाका प्रमुख नरेश प्रसाद सिंह, जउबासंघका पुर्व अध्यक्ष ललिल साह मिनापका अध्यक्ष परमेश झा सहित प्रभावित क्षेत्र पुगेका हुन । आफुहरु पुगेर पालिकाका उपाध्यक्ष कपिल कोईरालालाई राहत समाग्री जिम्मा लगाउन लागेको उनीह्रुले बताए ।