एसपी रिपोर्टर
जनकपुरधाम, असोज २० : सुडी समाज महासंघको आयोजनामा धनुषा जिल्ला कार्यसमिति गठन गरिएको छ | समाजको आयोजनामा शनिबार जनकपुरधाममा सम्पन्न प्रथम भेला बाट तुलसियाही सुडी समाजका अध्यक्ष मनोज कुमार महतोको अध्यक्षतामा २५ सदसिय धनुषा जिल्ला कार्य समिति गठन गरिएको महासंघका महासचिब राम उदार महासेठले जानकारी दिनुभयो |
उक्त कार्यक्रम सुडी समाज महासंघको राष्ट्रिय अध्यक्ष परमेश्वर महासेठ ज्युको अध्यक्षता, जनकपुरधाम उप-महानगरपालिकाका मेयर मनोज कुमार साहको प्रमुख आथित्यमा सम्पन्न भएको थियो | सो अवसरमा बिभिन्न जातीय संस्थाका धनुषा जिल्ला अध्यक्षहरुका साथै धनुषा जिल्लाका सुडी समाज महासंघ नेपालमा आबद्ध २५ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |





