एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५ : जनकपुरधामको क्याम्पस चौक स्थित श्री राम मावि प्लस टु ले व्यवस्थापन लक्षित विशेष कार्यक्रम तय गर्ने भएको छ । शुक्रवार प्लस टुमा नामांकनका लागि प्रवेश परिक्षा सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक डा. सन्तोष कर्णले दुई सय जना विद्यार्थीहरु प्लस टुमा नामाकंनका लागि प्रवेश परिक्षामा सहभागि भएको बताउदै विद्यालय अव व्यवस्थापन संकायमा कसरी उत्कृष्ट गर्ने तर्फ लाग्ने बताए ।
हामि प्रवेश परिक्षामा हरेक संकायमा पहिलो हुनेलाई पुर्ण छात्रवृती, दोस्रोलाई टयुसन फिमा छात्रवृती र तेस्रो हुनेलाई पचास प्रतिशत छात्रवृतीको व्यवस्था गरेका छौं, कर्णले थपे । नामांकनका लागि योग्य विद्यार्थीहरुलाई धमाधम भर्ना गरि श्रावण १० देखि १५ गतेको बिचबाट अध्यापन प्रारम्भ गरिने उनले जानकारी दिए ।