एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ : अगामि चैत २४ गते शनिबार हुन लागेको धनुषा निर्माण व्यवसायी संघको निर्वाचनमा युवा व्यवसायी नवनित झाले सचिव पदमा उम्मेदवारी दिएका छन् । युवाको नेतृत्वमा वर्तमानमा व्यवसायीहरुले सामना गरिरहेको हरेक समस्या समाधानका लागि सहज पहलकदमी हुने उनको बिश्वास छ ।
सक्रिय निर्माण व्यवसायीका रुपमा चिनिने नवनितले आफु नेतृत्वसंग मिलेर हाल विद्यमान रहेको सबै समस्या समाधान गर्दै व्यवसायिक हित र मर्यादा दुवैका लागि काम गर्ने बताए । घर घडेरी बन्धकीमा राखेर समाज र देशको काम गर्ने व्यवसायीहरु सवल र सक्षम नेतृत्वको अगुवाईमा मात्र वर्तमान समस्याहरु ह्ल गर्न सक्ने भएकाले यो निर्वाचनमा ध्यान दिनपर्ने उनको भनाई छ ।
संघले आफनै भवन समेत पाइसकेकाले व्यवसायीहरुको समस्या पहिचान र समाधानका लागि अव व्यापक विमर्श हुनपर्ने उनी बताउछन् ।