एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ : अगामि चैत २४ गते शनिबार हुन लागेको धनुषा निर्माण व्यवसायी संघको निर्वाचनमा रुपेश कुमार सिंह (मुन्ना) ले महासचिव पदमा उम्मेदवारी दिएका छन् । संघका निवर्तमान कोषाध्यक्ष समेत रहेका सिंहले आफू निर्वाचित भएपछि सम्पूर्ण निर्माण व्यवसायीको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केशव कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका सिंहले आगामी निर्वाचनमा महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका हुन् । अगामि नेतृत्व संग मिलेर निर्माण व्यवसायीहरुको वर्तमान आर्थिक पिडा र अडचनको समाधानका लागि स्वयंम पहरेदार भएर काम गर्ने उनले बताए ।
“भुक्तानी रोकिँदा यो क्षेत्र सङ्कटग्रस्त बनिरहेको परिपेक्षमा अब आगामी वर्षहरूमा समेत यसैगरी हामीले काम गर्न सम्भव छैन,” केशव कन्स्ट्रक्सनका संचालनक समेत रहेका सिंहले यस्ता समस्याहरूको समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।
निर्माण व्यवसायीलाई भुक्तानी रोकिँदा त्यसले निर्माण सामग्री, कामदारलगायत आपूर्ति शृङ्खलामा जोडिने सबै क्षेत्रमा भुक्तानी रोकिने गरेको उनको भनाइ छ । घर घडेरी बन्धकीमा राखेर समाजको काम गर्ने व्यवसायीहरु सवल र सक्षम नेतृत्वको अगुवाईमा मात्र वर्तमान समस्याहरु ह्ल गर्न सक्ने भएकाले यो निर्वाचन त्यसमै केन्द्रित हुनुपर्ने उनको धारणा छ ।



