एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ :
अगामि चैत २४ गते शनिबार हुन लागेको धनुषा निर्माण व्यवसायी संघको निर्वाचनको सरगर्मी बढदो छ । नेतृत्वका लागि अध्यक्ष पदमा चारजनाले उम्मेदवारी दिएको छ । एता उपाध्यक्षमा उम्मेदवार बनेका जय प्रकाश साह (पप्पु) साथी र अग्रजहरुकै सुझावमा उपाध्यक्षमा उम्मेदवार बनेको बताएका छन् ।

हेर्नोस म पदमा रहेपनि नरहेपनि सधैभरिको व्यवसायीहरुको सुख दुखको साथी हो, उनले भने, ‘त्यसै कारणले अग्रज र साथीहरुकै सुझावमा सचिव सम्म भए अव उपाध्यक्षमा आउन चाहेको हुँ ।’ अगामि नेतृत्वसंग मिलेर अहिलेको व्यवसायीहरुको आर्थिक पिडा, भुक्तानीको लफडा सहितका पिडा र अडचन समाधानका लागि एक सिपाहीको रुपमा काम गर्ने उनले सुनाए ।

मलाई जहिले साथीहरुले खोजेको छ दिनरात नभनी तुरन्त पुगेको छु र पुग्ने छु उनले थपे । साथीहरुलाई समस्या पर्दा कुन निकायलाई भनेर, सहकार्य गरेर हुन्छ आफु अगाडि बढने गरेको र समस्या समाधानका लागि हरसम्भव प्रयासरत रहने गरेको स्पष्ट छ, उनले बताए ।

साथीभाइहरुको लागि स्वयम सहज र शुलभ पात्र रहेको दावी गर्दै उनले कुनै पनि परिस्थितीमा व्यावसायिक हितमा अडिग रहने बताउछन् ।