एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ : अगामि चैत २४ गते शनिबार हुन लागेको धनुषा निर्माण व्यवसायी संघको निर्वाचनको सरगर्मी बढदो छ । नेतृत्वका लागि अध्यक्ष पदमा चारजनाले उम्मेदवारी दिएकोमा युवा उम्मेदवार रमेश कुमार यादवले सक्रियता बढाएको छ ।
रमेश कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका नेपाली काँग्रेसका युवा नेता यादव आधुनिक विकास निर्माणका लागि युवा नेतृत्वको बिकल्प नरहेको भन्दै तिनै तहको सरकार संग सहज समन्वय, सहकार्य र निर्माण व्यवसायीहरुको हितका लागि आफु सक्रिय रहने बताएका छन् ।
संघका निवर्तमान महासचिव समेत रहेका रमेश निर्माण व्यवसायीहरुले भोगिरहेको पिडा र समस्याबाट मुक्तिका लागि आफुलाई एक पटक नेतृत्वको अवसर दिन आग्रह सहित चुनावी मैदानमा छन् । धनुषा जिल्लाका सम्पूर्ण निर्माण व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले अहम भूमिका निर्वाह गर्ने रमेशको प्रतिबद्धता छ ।
युवाहरुको समुह सहित चुनावी घरदैलोमा व्यस्त रहेका उनले युवाहरुको चाहना र वर्तमान देशको स्थितीलाई मध्यनजर गर्दै आफु नेतृत्वमा आउन चाहेको बताए ।
