एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : जनकपुरधामको वडा नं. ९ ब्रहमपुरी स्थित नवजीवन हस्पिटलमा क्यान्सरको विविध उपचार सहित शल्यक्रिया पनि धमाधम भइरहेको अस्पतालले जनाएको छ । निजी स्तरवाट सञ्चालित हस्पिटलले मधेशको विकराल समस्या बन्दै गएको क्यान्सर रोगको सहज र शुभल उपचार स्थानिय स्तरमै होस भन्ने उद्देश्यले विशेषज्ञ चिकित्सकहरुको समन्वय र सहकार्यमा क्यान्सर सम्बन्धि सेवाहरु प्रदान गरिरहेको हस्पिटलका सञ्चालक वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अवधेश साहले बताए ।
धेरैलाई के हुन्छ भन्ने क्यान्सर भएको थाहा हुने वितिकै चितवन, काठमाण्डौं नभए भारत उनले भने, ‘जो कहि जान सक्ने अवस्थामा छैनन उनीहरुको साहारा बन्न पाउँ भनि हामिले चितवन र काठमाण्डौंमा पाइने स्तरकै सेवा पनि प्रदान गरिरहेका छौं ।’ क्यान्सरमा स्त्रीरोग, नाक कान घाँटी, न्युरो, अंडकोष, स्तन, पाठेघर र पाठेघरको मुख सहितका अनेकन क्षेत्रको क्यान्सर भए÷नभएको पत्ता लगाउनुका साथै उपचार र उचित परामर्शका लागि आफुहरुले छुट्टै भवनमा सेवारत रहेको उनले बताए । उनले दुई तिन महिना अगाडि देखिनै यो सेवा उपलब्ध रहेको बताए ।
अर्का विशेषज्ञ डा. बिरेन्द्र भगतका अनुसार मधेशमा क्यान्सर विकराल हुदै गएकोमा महोतरी र सिरहामा सबै भन्दा बढि जस्मा पाठेघरको मुख, फोक्सो र स्तनको क्यान्सर विकराल रुपमा पाउने गरेको बताए । केमो थेरापी, रेडिएशन सहितका सेवाहरु समेत उपलब्ध रहेपनि महंगो खर्च तिरेर बाहिर जाने परिपाटीका कारण मधेशका विरामी समस्यामा परिरहेको उनको भनाई छ ।
हस्पिटलमा दैनिक पाठेघर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण समेत भइरहेको अस्पतालले जनाएको छ । साथै पित्तथैली, एपेनडिक्स, पाठेघर निकाल्ने, पत्तथ्री, मृगौलाको पत्थरीको शल्यक्रिया साथै लाईप्रस्कोपी प्रविधी, दुर्मिल माध्यमवाट हुने शल्यक्रिया सेवा समेत उपलब्ध रहेको बताइएको छ ।