एसपी रिपोर्टर
जनकपुरधाम, फागुन१९ :
जनकपुरधामस्थित प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना हुँदै आएको मासिक कवि गोष्ठी नयाँ कविका साथै नव प्रतिभा जन्माउने थलो बन्दै गईरहेको छ । नव प्रतिभादेखि मैथिलीका स्थापित कविहरुको सहभागितामा हुँदै आईरहेको सो कवि गोष्ठीमा दर्जनौँ कविहरु आफ्नो नयाँ नयाँ रचना वाचन गर्दै आईरहेका छन् ।
२०७० फागुन १७ गतेदेखि शुरु गरिएको मासिक कवि गोष्ठीले १० वर्ष समेत पूरा गरेको छ । बरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीको अध्यक्षता एवं पूर्व स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कवि गोष्ठीमा दुई दर्जन भन्दा बढी कविले कविता वाचन गरेका छन् ।
मासिक कवि गोष्ठीको संयोजन गर्दै आईरहेका कवि काशीकान्त झा रसिकले कवि गोष्ठीलाई आफू रहुञ्जेल निरन्तरता दिई रह्ने प्रतिवद्धता व्यक्त गरे ।
कवि गोष्ठीमा साहित्यकार रोशन जनकपुरी, देवीकान्त मिश्र, अधिवक्ता श्याम मिश्र, अभिष्टनारायण झा, किरण झा रश्मी, मनोज प्रमेश, सुभेक्षा साह, भारती झा लगायतका कविहरुको सहभागिता रहेको थियो ।