एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : जनकपुरधाम स्थित राराब क्याम्पसको समाजशास्त्र विभागमा भएको घटनाको विभिन्न प्रध्यापक संघ संगठनले विरोध गरेको छ । विभागमा गत आइतवार केहि विद्याथीहरुको समुहद्वारा भएको घटनाको विरोधमा प्रध्यापक संगठनहरुले विज्ञप्ती जारी गर्दे घटनाको भत्र्सना गरेको छ ।
मंगलवार क्याम्पसको कर्मचारी ईकाई समिति, प्रजातन्त्रवादी प्रध्यापक संघ, त्रि.वी. प्रजातन्त्रवादी कर्मचारी संघ, त्रि.वि. प्रध्यापक संघ सहितका कर्मचारी र प्रध्यापक संगठनहरुले खेद प्रकट सहितको सन्देश जारी गर्दै विभागको नियम तथा अनुशासन नमान्ने, एशिस्मेन्ट गर्न नचाहने तर प्रयाक्टिकल अंक आफुअनुकुल खोज्ने विद्यार्थीहरु नियोजित रुपमा विभागको कार्यालयका सम्पती नाश गर्ने काम गरेको आरोप लगाइएको छ ।
विभागमा हो हल्ला गर्नुका साथै विभाग प्रमुख डा. शुसिल कुमार यादव माथी कपोकल्पित आरोपहरु लगाएको समेत आरोप लगाउदैै संगठनहरुले यस्ता गतिविधीहरु बन्द गर्न गराउन सचेत गराइएको विज्ञप्तीमा उल्लेख छ ।