एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ विन्धी स्थित श्री त्रिभुवन आदर्श माविमा पनि राष्ट्रिय दादुरा रुबेला खोप अभियान ०८१/०८१ बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका शिक्षक, अभिभावक र अगुवाहरु सहितकाको भेला गरि खोपको महत्व, त्यसले बालबालिकाको जिवनमा पार्ने प्रभाव र विशेषताको बारेमा सहभागिलाई जानकारी गराउँदै खोप अभियान सफल बनाउन आग्रह गरिएको छ ।

वडा खोप समन्वय समितिको आयोजनामा भएको अभिमुखिकरणमा खोप लगाइने तरिका, तिथिमिति देखि छुटेका बच्चाहरुलाई पनि पुनः तिन प्रकारका खोप लगाउने जानकारी दिदै एक खोपको महत्व र जिवन संगको विशेषता बारे स्वास्थ्यकर्मी समेत सहभागि कार्यक्रममा प्रकाश पारिएको छ । सो अवसरमा वडा अध्यक्ष राघवेन्द्र साहले शिक्षा, स्वास्थ्य र विकासको सवालमा राजनिति हुन नहुने बताए ।

चुनावमा हारजितका लागि मात्र दलिय राजनिति हुनुपर्ने भन्दै त्यस पछिको समाजको काममा कुनै पनि राजनिति गर्न नहुने उनको तर्क थियो । सो अवसरमा स्वास्थ्य चौकी प्रमुख लक्ष्मण साह र प्रशिक्षकहरुले खोप बारे प्रस्तुती दिएका थिए ।