एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६ :
राष्ट्रिय समाचार समिति (रासस) को ६३ औं वार्षिकोत्सव मधेश प्रदेश कार्यालय धनुषाद्वारा समेत एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ । राससले फाल्गुन ७ गते सोमवारका दिन मनाउने स्थापना दिवस विभिन्न जिल्लाहरुले सप्ताहव्यापी रुपमा कार्यक्रम गरेका छन् । रासस कार्यालय जनकपुरधामले आईतवार आफ्नो जन्मजयन्तीको अवसरमा संघीयतामा पत्रकारिता र रासस विषयक विर्मश कार्यक्रमको आयोजना गरेको हो ।

मधेश प्रदेश सरकारको सभामुख रामचन्द्र मण्डलको विशेष उपस्थितीमा भएको कार्यक्रममा सभामुख मण्डलले संघीयता सहकार्यताको मुख्य आधारभूत रहेकोले संगठित हुने व्यवस्था हो भनि ध्यानाकर्षण गराए । उनले संविधान हजारौैको बलिदानिवाट प्राप्त भएकोले संघीयताको संसार कसैले परिवर्तन गर्न नसकिने बताए ।

उनले हिजोको एकात्मक व्यवस्था प्रणाली परिवर्तन भएर संघीय लोकतान्त्रिक गणतन्त्र भएकोले शक्ति र शानको रुपमा रहेकोले विविध भाषा, संस्कृति, क्षेत्र, जाज, जाति, धर्म र समूहलाई संघीयताले अधिकार दिएको जनाए । रासस मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रमुख टिकाराम सुंनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले उत्तरोत्तर प्रगतिको कामना गर्दै जनता प्रतिको दायित्व राससले सदैव पुरा गरेको धारणा राखे ।

उनले पहिलो भाषा नेपाली पछि दोस्रो मैथिली गर्न जनकपुरधाम नगरपालिका कहिले पछि नहटने प्रतिबद्धता ब्यक्त गरे । ४० वर्ष देखि निरन्तर सेवा प्रदान गर्दै आएका रासस समाचारको विश्वविद्यालय हो भनि वक्ताहरुले अभिव्यक्ति राखे । यसले सरकार, जनता तथा सेवाग्राही प्रतिको दायित्व आत्मसात गरि राज्यको लगानीमा नागरिकको करबाट राससको स्थापना भएको हो ।

राससले प्रदान गर्दै आएका सेवाहरु चाहि नेपाली समाचार सेवा, अन्तराष्ट्रिय समाचार सेवा, आलेख सेवा , फोटो सेवा, विचार सेवा आदि हुन् । यस वार्षिकोत्सव कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, रासस मधेश प्रदेशका पूर्व प्रमुख हिमांश चौधरी, जिल्ला धनुषा समन्वय समितिका सभापति राजनन्दन मण्डल, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, नेपाल पत्रकार महासंघकी अध्यक्ष मनिका झा, वरिष्ठ पत्रकार गोपाल बराल, सिताराम अग्रहरी, मधेश सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, पत्रकार अजय झा, अजय साह सहितका वक्ताहरुले आ–आफ्ना शुभकामना राखेका थिए ।