एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ४ : जनकपुरधामका प्रमुख मनोज कुमार साहले समाज र देशको शिक्षामा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका निजी विद्यालयको देखभालको अभिभारा पनि तिनैतहको सरकारले लिनुपर्ने बताएका छन् ।
जनकपुरधामको पुलचौक स्थित शिव शारदा अंग्रेजी आवसिय स्कुलको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर साहले आफु छ विभिन्न विद्यामा छ पालिका स्तरको विद्यालय स्तरीय खेलको आयोजना समेत गर्ने तयारीमा रहेको बताए । भने, ‘कति सम्भव हुन्छ सक्दो छ नभए दुईवटा खेल प्रतियोगिता यसै आर्थिक वर्षमा गर्छु ।’

उनले जनकपुरधामका हरेक विद्यालयमा एक विशेष खेलकुद शिक्षक नियुुक्त गर्न वा तोक्न पनि विद्यालयहरुलाई आग्रह गरे । सो अवसरमा विद्यालयका सञ्चालक तथा मधेश प्यावसनका अध्यक्ष सुजित मिश्रले आफुहरु गुणस्तरीय शिक्षाका लागि प्रतिवद्व रहेको र मधेश प्यावसनको छाता मुनी रहेर निजि विद्यालयको हकहितका लागि सदैव सक्रिय रहने बताए ।

सो अवसरमा मधेश प्यावसनका केन्द्रिय अध्यक्ष अमरेन्द्र कुमार झा, एमाले महिला नेतृ ममता पाठक, पुस्तक व्यवसायी कैलाश प्रसाद गुप्ता, शिक्षिका तथा मधेश प्यावसनकी सचिव रागनी सिंह, जनकपुरधाम वाड नं. १ अध्यक्ष देवु यादव, युवा तथा शिक्षक अमन यादव, वरिष्ठ पत्रकार शैलेन्द्र झा, धर्वेन्द्र झा, प्रेस युनियनका धनुषा अध्यक्ष राजन सिंह सहितक उपस्थिती थियो ।
